एसइईको नतिजा सार्वजनिक, ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसइईको नतिजा सार्वजनिक, ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण

बिहिवार, आषाढ १३ २०८१
बिहिवार, आषाढ १३ २०८१
  • एसइईको नतिजा सार्वजनिक, ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण
    भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई०को नतिजा सार्वजनिक गरेको छ ।  नतिजा अनुसार, कुल सहभागि परिक्षार्थीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 
     
    परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा  सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बताए । 
     
    पौडेलका अनुसार, नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना विद्यार्थी उत्तीर्ण भएक छन् । उत्तीर्ण भएकामध्ये एक सय ८६ जनाले ४ जिपीए ल्याएका छन् । परीक्षामा सहभागी भएकामध्ये ५२ दशमलव १४ प्रतिशत परीक्षार्थीले ननग्रेड ९एनजी० ल्याएका छन् । उनीहरुले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ । 
     
    दुई सय २१ जनाको परीक्षा रद्द भएको उहाँले जानकारी दिनुभयो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार पहिलो पटक नतिजा सार्वजनिक गरिएको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij