पोखरामा सडक भासिँदा आवागमनमा समस्या

पोखरामा सडक भासिँदा आवागमनमा समस्या

बुधवार, आषाढ १२ २०८१
बुधवार, आषाढ १२ २०८१
  • पोखरामा सडक भासिँदा आवागमनमा समस्या

    गण्डकी । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–१४ चाउथेमा सडक भासिँदा आवागमनमा समस्या भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो राजमार्ग आज बिहान भासिएको हो । अविरल वर्षाका कारण चाउथेको आनन्द टोल घट्टेकुलोको पानी बहाव बढ्न गई पृथ्वी राजमार्ग सडकखण्ड भासिएको कार्यालयका  सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुुमार शर्माले जानकारी दिए ।

    उक्त स्थानबाट करिब १० मिटर अगाडिको सडकको दायाँतर्फ करिब सात मिटर लम्बाइ र करिब एक मिटर चौडाइ भासिएको उनले जानकारी दिए । सडक मर्मत गरेर यातायात सहज बनाउने प्रयास भइरहेको उनले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij