तानसेन रानीमहल सडकखण्ड डेढ महिना बन्द हुने

तानसेन रानीमहल सडकखण्ड डेढ महिना बन्द हुने

शनिवार, माघ १३ २०८०
शनिवार, माघ १३ २०८०
  • तानसेन रानीमहल सडकखण्ड डेढ महिना बन्द हुने

    पाल्पा । तानसेनदेखि रानीमहल जोड्ने सडकखण्ड साढे एक महिना बन्द हुने भएको छ। यही माघ १७ देखि आगामी चैत ५ गतेसम्म बन्द हुने भएको हो। ४८ दिन पूर्णरूपमा बन्द रहने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम सापकोटाले बताए।

    सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ। उक्त सडकखण्डको अवलदेखि रानीमहलसम्म सडक ढलाई तथा मर्मत गर्ने काम हुनेछ। सडक चौबीसै घन्टा पूर्णरूपमा बन्द गरेर काम गरिने उनले बताए। यो सडक हुँदै यात्रा गर्ने यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ।

    तानसेन नगरपालिका १ अर्गलीबाट छेर्लुङ हुँदै रानीमहल पुग्ने वैकल्पिक सडक प्रयोग गर्न सापकोटाले आग्रह गरे।

    आर्यभन्ज्याङ रामपुर सडक पनि दैनिक ५ घण्टा बन्द

    आर्यभन्ज्याङदेखि रामपुर जोड्ने सडक दैनिक ५ घण्टा बन्द हुने भएको छ। बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म सडक बन्द रहनेछ। हुमिन(ताहुँ देउराली सडखण्डमा सडक स्तरोन्नति तथा मर्मत गर्ने काम हुनेछ।

    यही माघ १७ देखि फागुन १६ गतेसम्म सडक बन्द रहने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम  सापकोटाले बताए।

    ढुंगा माटो कटिङ गर्नका लागि सडक बन्द  गर्न लागिएको हो। एम्बुलेन्स, शव वाहन, दमकलजस्ता अत्यावश्यक सवारीसाधन भने संचालन हुने उनले बताए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij