भक्तपुर । भक्तपुरको सूर्यविनायकमा बारिस्टा स्कूल सञ्चालनमा आएको छ । स्थानीय युवा विदेश पलायन हुने क्रम रोकि स्थानीय स्तरमै स्वराेजगार बनाउने उदेश्यले बारिस्टा स्कूल सञ्चालनमा ल्याइएको हाे ।
विदेश होइन सीप भए नेपालमै केही गर्न सकिन्छ भन्ने उद्देश्य र विश्वासका साथ स्थानीय तीन युवा मिलेर हिलसाइड बिन्स बारिस्टा कफी स्कूल सञ्चालनमा ल्याएका हुन् । सरकारले आफ्नो देशमा रोजगारी दिन नसक्दा युवा, विद्यार्थी आफ्नो भविष्य बनाउन विदेश जाने क्रम नराेकिएपछि स्वदेशमै केहि गराै भन्ने साेचेर ३५ लाखौंको लगानीमा बारिस्टा स्कुल खाेलेकाे संचालक बिजय लामिछानेले बताए ।

आफू २ वर्ष लन्डन बसेर आफ्नै देशमा केही गर्छु भनेर फर्केर केही वर्षको अध्ययन र साथीहरूकाे सहयोगमा हिलसाइड बिन्स बारिस्टा कफी स्कूल सञ्चालनमा ल्याएको लामिछाने बताउछन् । आफू लन्डनमा हुँदा त्यहाँको सीप संस्कारलाई एउटा अध्ययनको रुपमा हेर्ने हो भने नेपालमा नि थुप्रै पूर्खाैली सीप र व्यवसाय रहेकाे लामिछानेको भनाई छ ।
बारिस्टाका संचालक एवं प्रशिक्षक सरोज ढकालले अहिले पनि सिक्न आउने विद्यार्थीमा बिदेश जाने साेच रहेकाे बताए । त्यही सोचलाई परिवर्तन गर्न यस बारिस्टा स्कूलले बारिस्टा तालिमसँगसँगै नेपालमै रोजगारीका अवसर प्राप्त गर्न पनि मद्दत गर्ने ढकालले बताए ।

त्यसैगरी यस बारिस्टा स्कूलका अर्का संचालक उमेश बस्नेतले थोरै लागतमा पनि युवाहरु मिलेर आफ्नो व्यवसाय शुरु गर्न सक्ने उदाहरण आफुहरुले दिएको बताए ।