भक्तपुर नगरपालिकाले ल्यायो २ अर्ब ६६ करोडको बजेट

भक्तपुर नगरपालिकाले ल्यायो २ अर्ब ६६ करोडको बजेट

सोमवार, आषाढ १० २०८१
सोमवार, आषाढ १० २०८१
  • भक्तपुर नगरपालिकाले ल्यायो २ अर्ब ६६ करोडको बजेट

    काठमाडौं । आगामी आर्थिक वर्षका लागि भक्तपुर नगरपालिका २ अर्ब ६६ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको १६ औं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८१–०८२ का लागि २ अर्ब ६६ करोड ४३ लाखको बजेट ल्याइएको जानकारी गराएकी हुन् । 

    नगरापलिकाले चालु खर्चका लागि कुल बजेटको ५८.९३ प्रतिशत अर्थात् १ अर्ब ५७ करोड ३ लाख १० हजार रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, पुँजीगत खर्चका लागि ९९ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख जोशीले जानकारी दिइन् । पुँजीगत खर्चका लागि नगरले विनियोजन गरेको रकम भक्तपुरको कुल बजेटको ३७.३० प्रतिशत हो । साथै, वित्तीय व्यवस्थातर्फ १० करोड ५० लाख अर्थात् ३.७५ प्रतिशत विनियोजन गरेको छ ।

    नगरपालिकाले शिक्षा क्षेत्रको लागि ५४ करोड, स्वास्थ्य क्षेत्रको लागि १३ करोड ३० लाख, सम्पदा पुनःनिर्माण र सांस्कृतिक संरक्षणको लागि १० करोड ७९ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, कृषि क्षेत्रको लागि ५ करोड २० लाख, वातावरण तथा सरसफाइको क्षेत्रमा १९ करोड ६५ लाख, पर्यटन प्रबद्र्धनमा ६ करोड ९५ लाख रुपैयाँ छुट्याइएको जोशीले बताइन् । 

    भौतिक पूर्वाधारतर्फ नगरपालिकाले ५७ करोड २१ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, खेलकुद तर्फ ४ करोड ५५ लाख, युवा तथा महिला लक्षित कार्यक्रमका लागि ४ करोड ३० लाख, सामाजिक सुरक्षातर्फ ४० करोड ५० लाख र विविध योजना तथा कार्यक्रमहरुका लागि ५ करोड ८५ लाख बजेट विनियोजन गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij