चाँगुनारायण नगरपालिकाले ल्यायो २ अर्ब ८ करोडको बजेट, पूँजीगत खर्चका लागि ५३.८१  प्रतिशत विनियोजन

चाँगुनारायण नगरपालिकाले ल्यायो २ अर्ब ८ करोडको बजेट, पूँजीगत खर्चका लागि ५३.८१  प्रतिशत विनियोजन

सोमवार, आषाढ १० २०८१
सोमवार, आषाढ १० २०८१
  • चाँगुनारायण नगरपालिकाले ल्यायो २ अर्ब ८ करोडको बजेट, पूँजीगत खर्चका लागि ५३.८१  प्रतिशत विनियोजन

    भक्तपुर । चाँगुनारायण नगरपालिकाले आगमी आर्थिक वर्ष २०८१–८२ को लागि २ अर्ब ८ करोड १८ लाख ९३ हजार ५ सय रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख जीवन खत्रीको अध्यक्षता बसेको पन्धौं अधिवेशनमा उपप्रमुख रमेश बुढाथोकीले साेमबार बजेट सार्वजनिक गरेका हुन् ।

    नगरपालिकाले कुल बजेटको ५३.८१  प्रतिशत अर्थात् १ अर्ब  १२ करोड १ लाख ८० हजार रुपैयाँ पूँजीगत खर्च शीर्षकमा विनियोजन गरेको छ । त्यस्तै, चालू खर्चका लागि ९६ करोड १७ लाख १३ हजार ५ सय रुपैयाँ विनियोजन गरिएको छ । जुन नगरपालिकाको कुल विनियोजित बजेटको ४६.१९ प्रतिशत हो । 

    changu 2.jpg

    आगामी आर्थिक वर्षमा नगरपालिकाले सिफारिस दस्तूर, व्यवसाय रजिष्ट्रेशन शूल्क, पानी ठेक्का, घर–नक्सा पास दस्तूर लगायतका शिर्षकबाट ३२ करोड ५५ लाख २० हजार रुपैयाँ बराबर आन्तरिक आय हुने अनुमान गरेको छ । संघिय सरकारको विभिन्न शिर्षकबाट ७६ करोड ९६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको नगरपालिकाको रहेको छ ।

    त्यस्तै, प्रदेशबाट विभिन्न शिर्षकमा ७ करोड ७४ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको उपप्रमुख बुढाथोकीले बताए । साथै, सवारी साधनको राजस्व बाँडफाँटबाट ८ करोड १३ लाख ३४ हजार रुपैयाँ र घर–जग्गा रजिष्ट्रेशनबाट ६० करोड रुपैयाँ गरी कूल जम्मा ६८ करोड १३ लाख ३४ हजार प्राप्त हुने अनुमान गरिएको छ । 

    हाल नगरपालिका संचित कोषमा मौज्दात रकम २१ करोड ४४ लाख ९२ हजार २ सय रुपैयाँ रहेको उपप्रमुख बुढाथोकीले जानकारी दिए । 

    changu.jpg

    आगामी आर्थिक वर्षका लागि नगरले आर्थिक विकास क्षेत्र तर्फ ११ करोड ५० लाख १५ हजार रुपैयाँ, सामाजिक विकास क्षेत्र तर्फ ७३ करोड ५५ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, खानेपानी तथा सरसफाइ तर्फ १० करोड ९८ लाख १० हजार विनियोजन गरिएको बुढाथोकीले जानकारी दिए । 

    पूर्वाधार विकास क्षेत्र तर्फ ८८ करोड ८५ लाख ५० हजार मात्र विनियोजन गरिएको छ । जसमध्ये यातायात पूर्वाधार तर्फ ६६ करोड ११ लाख , भवन आवास तथा सहरी विकास तर्फ ७ करोड ४१ लाख , सम्पदा पूर्वाधार तर्फ ६ करोड ७५ लाख र उर्जा क्षेत्र तर्फ २ करोड ८८ लाख विनियोजन भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij