चाँगुनारायण नगरपालिकाको सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान गर्न नपाइने

चाँगुनारायण नगरपालिकाको सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान गर्न नपाइने

सोमवार, आषाढ १० २०८१
सोमवार, आषाढ १० २०८१
  • चाँगुनारायण नगरपालिकाको सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान गर्न नपाइने

    भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो नगरभित्रका सार्वजनिक स्थानमा धुम्रपान, मद्यपान र लागू औषध प्रयोगमा बन्देज लगाउने भएको छ । नगरपालिकाका प्रमुख जीवन खत्रीले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि नीति तथा  कार्यक्रम प्रस्तुत गर्दै सार्वजनिक स्थानमा उक्त कृयाकलापमा बन्देज लगाउने जानकारी दिएका हुन् ।

    "सार्वजनिक स्थानमा धुम्रपान, मद्यपान र लागू औषध प्रयोगलाई पूर्ण बन्देज लगाइनेछ साथै जङ्क फुड निरुत्साहित गरिनेछ ।" उनले भने ।

    changu.jpg

    नगरकोट भ्रमण वर्ष २०८२ लाई प्रभावकारी बनाउनका लागि स्रोत र साधनको उचित व्यवस्थापन गरिने नगरप्रमुख खत्रीले नीति तथा कार्यक्रममार्फत् जानकारी दिए । 

    त्यस्तै, नगरपालिकाले आगामी आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम एवं इन्टरनेट सेवा प्रदायकसँग सहकार्य गरि अव्यवस्थित पोल एवं तारहरुको उचित व्यवस्थापन गर्ने नीति लिएको छ । 

    आगामी आर्थिक वर्षमा अन्य स्थानीय तहका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरुसँग भगिनी सम्बन्ध स्थापना गरि आर्थिक, सामाजिक, साँस्कृतिक एवं वातावरणीय क्षेत्रमा पारस्पारिक सहयोग आदानप्रदानको वातावरण बनाइने नीति लिइएको नगरप्रमुख खत्रीले बताए । 

    changu 2.jpg

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्षमा आफ्नो नगर क्षेत्रभित्र रहेका घाटहरुमा नि:शुल्क रुपमा दाउरा व्यवस्थापन गर्ने लगायतका नीति आगामी आर्थिक वर्षका लागि लिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij