भक्तपुर । शैक्षिक सत्र २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डकी सूचना अधिकारी देवी पराजुलीले प्रायः सबै तयारी पुरा भइसकेको जानकारी दिइन् ।
अधिकांश तयारी सकिइसकेको र अब अंकहरु ट्याली गर्ने लगायतका सामान्य कामहरु मात्र बाँकी रहेको उनले जानकारी दिइन् । ‘असारको १४ गते भित्रमा नतिजा प्रकाशन गरिसक्ने तयारी गर्दै छौं ।’ बोर्डकी सूचना अधिकारी पराजुलीले भनिन् ।
२०८० चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा ५ लाख बढी परीक्षार्थी सहभागी भएका थिए ।
बोर्डले यस वर्षको एसईई परीक्षा माध्यमिक शिक्षा पाठ्यक्रम २०७८ अनुसार सञ्चालन गरेको थियो। जसअनुसार १०० पूर्णाङ्क भएको विषय उत्तीर्ण गर्न सैद्धान्तिकतर्फ मात्रै न्यूनतम ३५ अंक ल्याउनुपर्ने बताइएको छ ।