भक्तपुरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

भक्तपुरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

शनिवार, आषाढ ८ २०८१
शनिवार, आषाढ ८ २०८१
  • भक्तपुरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु


    भक्तपुर । भक्तपुरमा गाडीको ठक्कबाट एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा बागलुङ गल्कोट नगरपालिका(१० का ३५ वर्षीय मनबहादुर घर्ती रहेका छन् । 

    घर्तीलाई शुक्रबार राति ९ बजे भक्तपुर नगरपालिका(१ घलातेमा सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा१३च २२६५ नम्बरको टाटा सुमोले ठक्कर दिएको थियो । सडक पार गर्ने क्रममा सुमोको ठक्करबाट गम्भीर घाइते भएका घर्तीको उपचारका क्रममा राति नै भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    गाडीका चालक काभ्रेको धुलिखेल(९ का ५४ वर्षीय मधुकर केसीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij