वेस्ट इन्डिजसँग अमेरिका ९ विकेटले पराजित

वेस्ट इन्डिजसँग अमेरिका ९ विकेटले पराजित

शनिवार, आषाढ ८ २०८१
शनिवार, आषाढ ८ २०८१
  • वेस्ट इन्डिजसँग अमेरिका ९ विकेटले पराजित

    काठमाडौं । टी-२० विश्वकप २०२४ को सुपर-८ अन्तर्गत आफ्नो दोस्रो खेलमा वेस्ट इन्डिजले अमेरिकालाई ९ विकेटले पराजित गरेको छ ।अमेरिकाले दिएको १२९ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले एक विकेटको क्षतिमा १०.५ ओभरमै पूरा गरेको हो ।

    यसअघि ब्रिजटाउनमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका १९.५ ओभरमा १२८ रनमा अलआउट भएको थयो ।

    अमेरिकाको यो दोस्रो हार हो । यससँगै अमेरिकाको अघिल्लो चरणको सम्भावना पनि सकिएको छ ।

    समूह २ मा साउथ अफ्रिका २ खेल जितेर ४ अंकका साथ शीर्ष स्थानमा छ भने एक/एक खेल खेल जितेर २/२ अंक जोडेका वेस्ट इन्डिज र इंग्ल्यान्ड क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij