काठमाडौं । दक्षिण अफ्रिकासँग इङ्गल्याण्ड पराजित भएको छ । आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर ८ को खेलमा इङ्गल्याण्ड दक्षिण अफ्रिकासँग ७ रनले पराजित भएको हो ।
दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६२ रन बनाएको थियो । जितका लागि १६३ रनको लक्ष्य पछ्याएको इङ्गल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन मात्र बनाउन सक्यो ।