बुमराह र सूर्यकुमारको शानदार प्रदर्शनमा अफगानिस्तानविरुद्ध भारत ४७ रनले विजयी

बुमराह र सूर्यकुमारको शानदार प्रदर्शनमा अफगानिस्तानविरुद्ध भारत ४७ रनले विजयी

शुक्रवार, आषाढ ७ २०८१
शुक्रवार, आषाढ ७ २०८१
  • बुमराह र सूर्यकुमारको शानदार प्रदर्शनमा अफगानिस्तानविरुद्ध भारत ४७ रनले विजयी

    काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह १ को पहिलो खेलमा भारत विजयी भएको छ। बिहीबार राति भएको खेलमा अफगानिस्ता ४७ रनले पराजित भएको हो।

    भारतले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान २० ओभरमा सबै विकेट गुमाएर १ सय ३४ रनमा समेटिएको हो।

    अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाईले सर्वाधिक २६ रन बनाए ।नजिबुल्लाह जादरानले १९ रन, गुलबदिन नाइबले  १७ रन, मोहम्मद नाबीले १४ रन तथा रहमनुल्लाह गुरबाजले ११ रन जाडेका थिए । 

    भारतका लागि जसप्रित बुमराहले ४ ओभर बलिङ गर्दै १ मेडेन राखेर मात्र ७ रन खर्चँदै ३ विकेट लिए । अर्शदीप सिंहले पनि ३ विकेट हासिल गरे । कुल्दीप यादवले २ तथा रवीन्द्र जडेजाले १ विकेट लिए ।

    टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको थियो । खेलमा भारतको सुरुवात भने राम्रो हुन सकेन । तेस्रो ओभरमा नै कप्तान रोहित शर्मा ८ रन बनाएर आउट भए । 

    त्यसपछि ऋषभ पन्त र विराट कोहलीले २५ बलमा ४३ रनको साझेदारी गर्दै स्कोर अगाडि बढाए । कोहलीले २४ बलमा २४ रन बनाए भने  पन्तले ११ बलमा ४ चौका हिर्काउँदै २० रन जोडे ।

    सूर्यकुमार यादवले विस्फोटक ब्याटिङको नमुना प्रस्तुत गर्दै २८ बलमा ५३ रन जोडे । उनले ५ चौका र ३ छक्का प्रहार गरे । यादवले हार्दिक पाण्ड्यासँग मिलेर ३७ बलमा ६० रन जोडे । हार्दिकले २४ बलमा ३२ रनको योगदान दिए । उनले ३ चौका र २ छक्का हिर्काए । 

    अक्षर पटेलले १२ रन बनाए भने शिवम दुवेले ७ बलमा १० रन जोडे ।अफगानिस्तानका लागि फजलहल फारुकी र रासिद खानले ३–३ विकेट लिए । 

    सुपर ८ को पहिलो खेलमा भारतले अपराजित यात्रा कायमै राखेको हो। यो समूहमा अस्ट्रेलिया र बंगलादेश पनि रहेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij