आईसीसीले गर्यो बंगलादेशका तीव्र गतिका बलर तान्जिमलाई कारबाही

आईसीसीले गर्यो बंगलादेशका तीव्र गतिका बलर तान्जिमलाई कारबाही

बुधवार, आषाढ ५ २०८१
बुधवार, आषाढ ५ २०८१
  • आईसीसीले गर्यो बंगलादेशका तीव्र गतिका बलर तान्जिमलाई कारबाही

    काठमाडौं ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन सकिबलाई कारबाही गरेको छ । आईसीसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी उनलाई कारबाही गरेको जनाएको छ । उनको म्याच फिको १५ प्रतिशत रकम काटिनेछ ।

    जारी टी–२० विश्वकप २०२४ मा आइतबार खेलमा नेपालका कप्तान रोहित पौडेलसँग बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन सकिब झगडा गरेका थिए । सेन्ट भिन्सेन्टमा नेपालले १०७ रनको लक्ष्य पछ्याउनेक्रममा तान्जिम र रोहितबीच तेस्रो ओभरको अन्तिम बलपछि उक्त घटना भएको थियो ।

    ओपनर कुशल भुर्तेललाई ४ रनमा बोल्ड र अनिल साहलाई शून्यमा क्याच आउट गर्दै उनले डबल विकेटमेडन राखेका थिए । त्यसपछि उनले पिचको मध्य भागमा आएर रोहितलाई केही भन्न पुगे । रोहितले पनि आक्रोसित हुँदै उनलाई जवाफ दिएका थिए । 

    तान्जिमले रोहितलाई हातले धक्का समेत दिएका थिए । ताम्जिमलाई लिटन दास र रोहितलाई आसिफ शेखले थप झगडा गर्नबाट रोकेका थिए । 

    आईसीसीको आचार संहित २.१२ खेलाडी र खेलाडी समर्थकबीचको नियम उंलङ्घन गरेको हुँदा उनी कारबाहीमा परेका हुन् । उक्त खेलका म्याच रेफ्री रिचर्ड्सनसँग तान्जिमले गल्ती स्वीकार गरेका छन् । 

    नेपाललाई ८५ रनमा अल आउट गर्न तान्जिमले ४ ओभरमा २ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिएका थिए ।

    बंगलादेशले नेपाललाई २१ रनले हराउँदै समूह डी बाट ६ अंकका साथ सुपर ८ मा स्थान बनाएको थियो । नेपाल ४ खेलमा १ अंकका साथ समूह चरणबाटै बाहिरीको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij