टी–२० विश्वकप : वेष्टइन्डिजले अफगानिस्तानलाई १०४ रनले हरायो

टी–२० विश्वकप : वेष्टइन्डिजले अफगानिस्तानलाई १०४ रनले हरायो

मंगलवार, आषाढ ४ २०८१
मंगलवार, आषाढ ४ २०८१
  • टी–२० विश्वकप : वेष्टइन्डिजले अफगानिस्तानलाई १०४ रनले हरायो

    काठमाडौं ।  टी–२० विश्वकप २०२४ मा समूह चरणको आफ्नो अन्तिम खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई १०४ रनको फराकिलो अन्तरले हराएको छ । २१९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६ ओभर दुई बलमा ११४ रन बनाए अलआउट भएपछि वेस्ट इन्डिजले फराकिलो जीत हात पारेको हो ।

    जारी विश्वकपको यो नै सबैभन्दा ठूलो अन्तरको जीत हो । विशाल लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानका  इब्राहिम जद्रानले ३८, अजमतुल्लाह उमरजईले २३, राशिद खानले १८, करिम जन्नतले १४ रन बनाउन बाहेक अरुले दोहोरो अंक नै बनाउन सकेनन् ।

    अफगानिस्तानलाई अलआउट गर्न वेस्ट इन्डिजका ओबेद म्याककोयले तीन, मुडाकेश मोती र अकिल हुसैनले दुई/दुई तथा आन्द्रे रसेल र अल्जारी जोसेफले एक/एक विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निकोलस पुरनको आक्रामक ब्याटिङमा २१८ रन बनाएको थियो ।

    पुरणले ५३ बलमा ९८ रनको आक्रामक इनिङ खेले । जोनसन चार्ल्सले २७ बलमा ४३, शाई होपले १७ बलमा २५, रोभम्यान पावेलले १५ बलमा २६ रन बनाए । अफगानिस्तानका गुलबदिन नाबीले २ तथा नवीन उल हक र फजलहक फारुकीले एकर÷एक विकेट लिए ।

    समूह सीबाट अफगानिस्तान र वेस्ट इन्डिज दुवै सुपर–८ मा पुगिसकेका छन् । सुपर–८ को समूह २ मा रहेको वेस्ट इन्डिजले इंग्ल्याड र समूह १ मा रहेको अफगानिस्तानले इन्डियासँग पहिलो खेल खेल्नेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij