टी–२० विश्वकपमा न्युजिल्यान्डका बलर फर्गुसनको दुर्लभ कृतिमान

टी–२० विश्वकपमा न्युजिल्यान्डका बलर फर्गुसनको दुर्लभ कृतिमान

मंगलवार, आषाढ ४ २०८१
मंगलवार, आषाढ ४ २०८१
  • टी–२० विश्वकपमा न्युजिल्यान्डका बलर फर्गुसनको दुर्लभ कृतिमान

    काठमाडौं । टी–२० विश्वकपमा न्युजिल्यान्डका बलर लोकी फर्गुसनले दुर्लभ कृतिमान बनाएका छन् । उनले चार ओभर बलिङ गर्दा कुनैपनि रन नदिई तीन विकेट लिई कीर्तिमान बनाएका हुन् । 

    टी–२० विश्वकपमा यस्तो उपलब्धि हासिल गर्ने उनी पहिलो बलर हुन् । टी–२० अन्तर्राष्ट्रियमा पनि यो रेकर्ड उनीबाहेक क्यानडाका साद बिन जाफरले मात्र बनाएका छन् । उनले सन् २०२१ मा टी–२० विश्वकपको छनोट खेलमा पानामाविरुद्ध ४ ओभर बलिङ गर्दै कुनै पनि रन नदिई २ विकेट लिन सफल भएका थिए ।

    फर्गुसनको दुर्लभ कृतिमानसँगै टी–२० विश्वकपको आफ्नो अन्तिम खेलमा न्युजिल्यान्डले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गरेको छ । दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।

    पपुवा न्युगिनीले प्रस्तुत गरेको ७९ रनको लक्ष्य न्युजिल्यान्डले १२.२ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो । टोलीका लागि डेभन कनवे सर्वाधिक ३५ रन बनाए । उनले ३२ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।

    कप्तान केन विलियमसन र डेयरल मिचेलले नटआउट रहेर क्रमशः १८ र १९ रन बनाउँदै टोलीलाई जित दिलाए । पपुवा न्युगिनीका काबुआ मोरेयाले २ विकेट लिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij