काठमाडौँ । टी–२० विश्वकपको अन्तिम खेलमा नेपालका खेलाडीले उत्कृष्ठ बलिङ गरेका छन् । नेपाली बलिङ सामु कुनैपनि बंगलादेशी खेलाडीले खुलेर खेल्न नसक्दा १९.३ ओभरमा अल आउट हुंदै एक सय छ रन मात्र बनाउँन सके ।
बंगलादेशले दिएको १ सय ७ रनको चुनौति नेपाली खेलाडीले पछ्याए टेष्ट राष्ट बिरुद्ध ऐतिहांसिक जित हुनेछ । बंगलादेशका लागि शाकिब अल हसनले २२ बलमा १७ रन जोडे । उनले यस क्रममा २ चौका प्रहार गरे । त्यस्तै, मोहम्मदुल्लाहले १३ बलमा १३ रन बनाए । उनले पनि दुई चौका प्रहार गरे ।
रिसाद होसेनले ७ बलमा १३ रन बनाए । उनले १ चौका र १ छक्का प्रहार गरे । जाकेर अलीले २६ बलमा १२ रन जोडे । त्यस्तै, ओपनर लिट्टन दासले १२ बलमा १० रनको योगदान दिए ।
नेपाली बलरहरुले फेरि एकपटक शानदार बलिङ प्रदर्शन गरे । आजको खेलमा सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रियमा कीर्तिमानी १ सयौँ विकेट पूरा गरेका छन् । अफगानिस्तानका रासिद खानपछि उनले सबैभन्दा चाँडो यो उपलब्धि हासिल गरेका हुन् ।
४ ओभर बलिङ गर्दै सन्दीपले एक मेडेन राख्दै १७ रन खर्चिएर २ विकेट लिए । कप्तान रोहित पौडेलले पनि ४ ओभर बलिङ गर्दै २ विकेट हात पारे ।
दीपेन्द्र सिंह ऐरीले ३.२ ओभर बलिङ गर्दै २ विकेट लिए । उनले मात्र २२ रन खर्च गरे । सोमपाल कामीले खेलको पहिलो बलमै विकेट लिएर उत्कृष्ठ शुरुवात दिलाएका थिए । उनले ३ ओभर बलिङ गर्दै १० रन मात्र खर्चिएर २ विकेट लिए ।