एमालेलाई निर्णायक तहमा पुग्न नदिन मिथ्या प्रचार गरे : केपी ओली

एमालेलाई निर्णायक तहमा पुग्न नदिन मिथ्या प्रचार गरे : केपी ओली

बिहिवार, जेठ ३१ २०८१
बिहिवार, जेठ ३१ २०८१
  • एमालेलाई निर्णायक तहमा पुग्न नदिन मिथ्या प्रचार गरे : केपी ओली

    भक्तपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई विकासको बाटोतर्फ अघि बढाउने राष्ट्रिय शक्ति एमालेलाई निर्णायक तहमा पुग्न नदिन मिथ्या प्रचार गरिएको बताएका छन् ।

    बिहीबार भक्तपुरमा आयोजित एमाले जिल्ला कमिटी भक्तपुरको नवनिर्वाचित कमिटीको सपथ तथा प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्ष ओलीले एमालेलाई निर्णायक तहमा पुग्न नदिन पशुपतिको जहलरीदेखि गिरिबन्धुसम्मको मिथ्या प्रचार गरिएको बताएका हुन् ।

    गिरीबन्धुलाई बेथिति गर्नबाट रोक्नका लागि एमाले सरकारले कानुन बनाएकै कारण बेचेर खान नपाइने भयो भनेर एमालेको विरोधमा स्यालहुँइया मच्चाएको उनले बताए । उनले कांग्रेस वर्षौंसम्म सरकारको नेतृत्व गरेर बसे पनि सिन्को भाच्न नसकेको बताए। धाँधली गरेर कांग्रेसले चुनाव जितेको भन्दै स्वस्थ प्रतिस्पर्धामा आउन चुनौती दिए ।

    ओलीले देशलाई विकास गर्नका लागि एमालेलाई स्पष्ट बहुमत चाहिएको भन्दै मिसन ८४ मा केन्द्रित हुन निर्देशन दिए । ओलीले पार्टीभित्रको एकताकै कारण एमाले सिध्याउँछौं भन्नेहरू असफल भएको बताए । उनले पार्टीभित्र अन्तरसंघर्ष नभई अन्तरसंबादका माध्यमबाट अघि बढ्नुपर्ने बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij