भक्तपुर रेडक्रसद्धारा एकवर्षमा ५१ हजार पिन्ट रगत वितरण

भक्तपुर रेडक्रसद्धारा एकवर्षमा ५१ हजार पिन्ट रगत वितरण

बिहिवार, जेठ ३१ २०८१
बिहिवार, जेठ ३१ २०८१
  • भक्तपुर रेडक्रसद्धारा एकवर्षमा ५१ हजार पिन्ट रगत वितरण

    भक्तपुर । काठमाडौं उपत्यका रगतको अभाव बढ्दै गएपनि नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले गएको एकवर्षमा ५१ हजार २५१ पिन्ट रगत वितरण गरेको छ । २० औँ विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी भक्तपुर जिल्ला शाखाले बिहिवार आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

    रगतको अभावका बीच भक्तपुरमा रगत लिन आउने विरामीका लागि रित्तो हात फर्काउने अवस्था नआएको बताउँदै रेडक्रस शाखा सभापति परशुराम पाण्डेले रगत संकलन कम र माग उच्च भएपनि भक्तपुरका अलवा काठमाडौं उपत्यकाभित्रबाट आउँनेलाई समेत रगत दिएर पठाउँने गरिएको बताए । 
    पाण्डेले भने, “माग धेरै छ, भक्तपुरमा रगत अभावको बेलामा पनि तीन पिन्ट रगत लिन आउनेलाई एक पिन्ट मात्रै भनेपनि दिएर पठाएका छौँ ।, रित्तो हात फर्किनु परेको छैन ।” रक्तदानका कार्यक्रम र रक्तदाताको संख्या बढाउनु आवश्यक छ ।” नेपालभरिबाट भक्तपुर शाखामा रगतको माग आउने गरेको बताउदै पाण्डेले, रगतको चरम अभाव हुँदा व्यक्ति व्यक्ति बोलाएर आकस्मिक रक्तदान गर्न लगाएर भएपनि बिरामीलाई रगत दिएरै पठाउने गरिएको बताए ।


    भक्तपुर शाखाले एक वर्षमा २० हजार ३ सय ८३ पुरुष र पाँच हजार ५५७ महिला गरि २५ हजार ९ सय ४० जना रक्तदाताले रक्तदान गरेको पाण्डेको भनाई थियो । सो रगतबाट ५१ हजार २ सय ५१ प्रिन्ट रगत वितरण गरिएको पाण्डेले बताए । भक्तपुर शाखाले दैनिक रुपमा भक्तपुर दूधपाटीस्थित आफ्नै कार्यालयका अलवा काठमाडौंको महाबौद्धमा र भक्तपुरको सरस्वतीखेलमा दैनिक रक्तदान कार्यक्रम सञ्चालन गर्ने गरिएको  कार्यक्रममा जानकारी दिइएको थियो ।

    कार्यक्रममा विरामीले उपचारका लागि बिभिन्न नीजि अस्पताल लगेको रगत प्रयोग नभएपछि फर्काएर ब्लड बैंकमै ल्याउने कार्य नहुँदा धेरै रगत खेर गएको जनाइएको थियो । अस्पतालमा रगत प्रयोग नभएपछि विरामीको आफन्तलाई त्यो रगत फिर्ता गर्न लगाईदिए र रगत फिर्ता भए अरु बिरामीको लागि प्रयोगमा आउने भन्दै सभापति पाण्डेले भक्तपुरमा रहेको शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालबाट अत्याधिक रगतको माग हुने गरेको बताए । 

     पत्रकार सम्मेलनमा नेपाल रेडक्रस सोसाईटी केन्द्रीय सहमहामन्त्री  मनोजकुमार थापाले नेपालमा अहिले शुन्य दशमलव ९२ प्रतिशत नागरिकबाट मात्रै रक्तदान हुने गरेको बताउँदै कूल जनसंख्याको २ प्रतिशत नागरिकले मात्रै रक्तदान गरिदिए पनि रगतको अभाव नहुने बताए ।

    तराईमा बढेको गर्मीका कारण उपत्यकामा संकलित रगत तराईसम्म पुर्याउनु पर्ने बाध्यता अहिले आएको भन्दै थापाले रक्तदान गरेको ४५ दिनसम्म रगत राख्न सकिने भएकाले अस्पतालमा बिरामीका लागि लगेको रगत प्रयोग नहुँदा फिर्ता गर्न चुनौती बढेको बताए ।

    रेडक्रस भक्तपुर शाखाका महामन्त्री धर्मराज कार्कीले भक्तपुरबाट रगतको किनबेचको अबस्था अन्त्य गरेको बताउदै अहिले उपत्यकाका तीन जिल्लासँगै धादिङ्ग, नुवाकोट, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, पशुपतिको माडवारी सेवा समितिबाट पनि रगत संकलन गरिरहेको जानकारी दिए ।

    शाखाका संचार संयोजक तुलसी नारायण दुम्याख्वको सभापतित्वमा सम्पन्न कार्यक्रममा चाँगुनारायण–२ का वडाध्यक्ष सोमप्रसाद प्रधानलगायतले रेडक्रसका गतीविधिबारे जानकारी दिएका थिए ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij