काठमाडौं । वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ । फ्लोरिडाको लाउडरहिलमा नेपाली समयअनुसार बिहान सवा ५ बजे शुरु हुन पर्ने खेल वर्षाका कारण रद्द भएको हो ।
वर्षाका कारण मैदानको आउटफिल्डमा पानी जमेको थियो । मुख्य पीच छोपिए पनि रनिङ क्षेत्र वर्षातका कारण भिजेको थियो ।
यससँगै नेपाल र श्रीलंकाले एक-एक अंक पाएका छन्। लगातार दुई खेलमा पराजित श्रीलंका भने बाहिरिएको छ। अब नेपालले सेन्ट भिसेन्टमा दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ । दुवै टिमलाई हराए मात्र नेपाल सुपर-८ मा पुग्नेछ ।