टी–२० विश्वकपमा पाकिस्तानको पहिलो जित, क्यानडा ७ विकेटले पराजित

टी–२० विश्वकपमा पाकिस्तानको पहिलो जित, क्यानडा ७ विकेटले पराजित

बुधवार, जेठ ३० २०८१
बुधवार, जेठ ३० २०८१
  • टी–२० विश्वकपमा पाकिस्तानको पहिलो जित, क्यानडा ७ विकेटले पराजित

    काठमाडौं । टी–२० विश्व कपमा पाकिस्तानले पहिलो जित निकालेको छ । पाकिस्तानले मंगलबार क्यानाडालाई ७ विकेटले हराउँदै तेस्रो खेलमा पहिलो जित हासिल गरेको हो । 

    यसअघि पाकिस्तान अमेरिका र भारतसँग पराजित भएको थियो । क्यानाडाको यो तेस्रो खेलमा दोस्रो हार हो। अमेरिकासँग पराजित भएको क्यानाडाले आयरल्यान्डमाथि जित निकालेको थियो ।

    पाकिस्तानले क्यानाडाविरुद्ध १ सय ७ रनको लक्ष्य ३ विकेटको नोक्सानीमा १५ बल बाँकी रहँदा नै पूरा गरेको थियो । 

    अमेरिकाले भारत र आयरल्यान्डसँगको दुवै खेल गुमाएर आफूले समूह चरणको अन्तिम खेल जितेको अवस्थामा मात्र पाकिस्तानको सुपर आठमा जाने सम्भावना जीवित रहन्छ । समूह एमा भारत र अमेरिकाले समान २ खेल जित्दै समान ४ अंक जोडेका छन् । पाकिस्तान र क्यानाडाको समान २ अंक छ भने आयरल्यान्ड अंकविहिन छ ।

    प्रतियोगिता अन्तरगत आज राति भारत र अमेरिका खेल्दैछन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij