पोखरामा प्रधानमन्त्री प्रचण्डलाई सहकारी पीडितले देखाए कालोझण्डा

पोखरामा प्रधानमन्त्री प्रचण्डलाई सहकारी पीडितले देखाए कालोझण्डा

बुधवार, जेठ २३ २०८१
बुधवार, जेठ २३ २०८१
  • पोखरामा प्रधानमन्त्री प्रचण्डलाई सहकारी पीडितले देखाए कालोझण्डा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोखरामा सहकारी पीडितहरूले कालोझण्डा देखाएका छन् ।

    बुधबार बिहान गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा सभागृहमा पुगेका प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरूले कालोझण्डा देखाएका हुन् ।

    सो क्रममा उनीहरूले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा लगाएका थिए ।

    प्रहरीले कालोझण्डा देखाउने ११ जनालाई पक्राउ गरेको छ । साथै, घटनामा दुई जना घाइते भएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij