दर्ता नगरि चलाइएको भक्तपुरको समिट हस्पिटल सिल, बिरामीलाई ७ दिनभित्र अन्यत्र अस्पतालमा सार्न निर्देशन

दर्ता नगरि चलाइएको भक्तपुरको समिट हस्पिटल सिल, बिरामीलाई ७ दिनभित्र अन्यत्र अस्पतालमा सार्न निर्देशन

मंगलवार, जेठ २२ २०८१
मंगलवार, जेठ २२ २०८१
  • दर्ता नगरि चलाइएको भक्तपुरको समिट हस्पिटल सिल, बिरामीलाई ७ दिनभित्र अन्यत्र अस्पतालमा सार्न निर्देशन

    काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं.१ लोकन्थलीमा सञ्चालन रहेको समिट हस्पिटलमा प्रशासनले सिल गरेको छ ।

    अवैध रूपमा सञ्चालित उक्त हस्पिटलले करिब एक करोड भाडा समेत नतिरेको, घर खाली गराउन स्थानीय पालिकामा र जिल्ला प्रशासन कार्यालयमा पटक पटक जानकारी गराउँदा पनि अटेर गरेको हुँदा सिल गर्नुपरेको मध्यपुर थिमी नगरपालिकाले जनाएको छ ।

    हस्पिटलमा बिरामीसमेत रहेको हुँदा बिरामीलाई मध्यनजर गरी सात दिन भित्र अन्यत्र अस्पतालमा सार्न समयसीमा दिइएको छ ।

    १२७९ वर्गमिटरमा बनेको घरमा सञ्चालित हस्पिटल कतै दर्ता समेत नभएको पाइएको छ । मितेरी हस्पिटल एण्ड रिसर्च सेन्टरलाई घर भाडामा दिएको सम्झौतामा उल्लेख छ । तर सञ्चालनमा दर्ता नभएको अस्पताल सञ्चालन भएको पाइएपछि खाली गर्न लगाएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij