एसईईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक हुने

एसईईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक हुने

शुक्रवार, जेठ १८ २०८१
शुक्रवार, जेठ १८ २०८१
  • एसईईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक हुने

    भक्तपुर । यश बर्षको एसईईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसईई) को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको हो ।

    परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार, हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको काम भइरहेको छ ।

    परीक्षा नियन्त्रक नन्दलाल पौडेलले अहिलेको प्रगती अनुसार असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्न सकिने बताए । २०८० चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा ५ लाख बढी परीक्षार्थी सहभागी भएका थिए ।

    बोर्डले यस वर्षको एसईई परीक्षा माध्यमिक शिक्षा पाठ्यक्रम २०७८ अनुसार सञ्चालन गरेको थियो। जसअनुसार १०० पूर्णाङ्क भएको विषय उत्तीर्ण गर्न सैद्धान्तिकतर्फ मात्रै न्यूनतम ३५ अंक ल्याउनुपर्ने बताइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij