मैलुङ–स्याफ्रुबेसीको ठेक्का तोडिएसँगै राजमार्ग निर्माण अन्यौलमा

मैलुङ–स्याफ्रुबेसीको ठेक्का तोडिएसँगै राजमार्ग निर्माण अन्यौलमा

सोमवार, माघ ८ २०८०
सोमवार, माघ ८ २०८०
  • मैलुङ–स्याफ्रुबेसीको ठेक्का तोडिएसँगै राजमार्ग निर्माण अन्यौलमा


    नुुवाकोट । नेपाललाई चीनसँग छोटो दुरीमा जोड्न निर्माण भइरहेको राष्ट्रिय प्राथमिकता प्राप्त ‘गल्छी(रसुवागढी’ सडक योजनाको काम अन्योलमा परेको छ । सो योजनाअन्तर्गत मैलुङबाट स्याफ्रुबेसीसम्मको १९ किलोमिटर सडक निर्माणको जिम्मेवारी लिएको निर्माण व्यवसायीले समयमा काम नगरेपछि सडक निर्माणको ठेक्का रद्द भएसँगै सडक विस्तार थप अन्योलमा परेको हो ।

    निर्माण कम्पनी भारत कन्स्ट्रक्सन÷सिद्धिसाई जेभीले जिम्मा लिएको काम समयमा नगरेपछि सो कम्पनीसंग गत शुक्रबार ठेक्का तोडेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजना कार्यालयले जनाएको छ । कार्यालय प्रमुख धुव्रकुमार श्रेष्ठका अनुसार सम्झौता अवधिभित्र निर्माण व्यवसायीलाई काम सम्पन्न गर्न पटक–पटक लिखित एवम् मौखिक अनुरोध गर्दा पनि सम्झौताको शर्त बमोजिम जिम्मेवारी पूरा नगरेपछि कार्यालयले बाध्य भएर ठेक्का तोडेको हो ।

    “निर्माण कम्पनीसँगको ठेक्का सम्झौता बखतमा गरिएका शर्त र सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ को ७ समेतको आधारमा सो खण्डको ठेक्का रद्द भएको योजना प्रमुख श्रेष्ठले बताए । निर्माण कम्पनी धरौटी जफतका लागि बैंकलाई पत्राचार गरेको कार्यालयले सडक विस्तारको काम अब नयाँ प्रक्रियामार्फत अघि बढाउने कार्यालयले जनाएको छ । 

    मैलुङबाट स्याफ्रुबेसीसम्मको सडक निर्माणका लागि नेपाली सेनाले ट्रयाक खोलेपछि योजनाको कार्यालयले निर्माण व्यवसायीमार्फत काम गराउन विसंं २०७७ साउन १ गते ठेक्का लगाएको थियो । सम्झौताअनुसार विसंं २०७९ माघ १६ मा निर्माण सम्पन्न गर्नुपर्नेमा सो सडकको काम २६ प्रतिशत मात्रै पूरा भएको छ ।  करिब १९ किमि दुई लेनको सडकमा कालोपत्रे गर्न  एक अर्ब ४५ करोडमा ठेक्का लगाइएको थियो ।

    तर निर्माण कम्पनीले सडकको दायाँबायाँ टेवा पर्खाल लगाएर ३७ करोड भुक्तानी लिएर काम नगरेपछि कार्यालय ठेक्का तोड्ने निर्णयमा पुगेको हो । तीन खण्डमा निर्माण भइरहेको यस सडकको पहिलो खण्ड धादिङको गल्छीबाट नुवाकोट हुँदै रसुवाको मैलुङसम्म ४६ किमि सडकअन्तर्गत नुवाकोटको मुख्य बजार क्षेत्र गङ्गटे, बट्टार, विदुरहुँदै ढुङ्गेसम्मको आठ किमि क्षेत्रमा मुआब्जा विवादको समस्याले काम सुरु हुन अझै बाँकी छ ।

    दोस्रो खण्ड मैलुङ–स्याफ्रुबेसीसम्म १९ किमि सडकको ठेक्का हालै तोडिएको छ भने तेस्रो खण्ड स्याफ्रुबेसी–रसुवागढीसम्म १७ किमि सडक चीन सरकारले निर्माणको जिम्मेवारी लिए पनि अझै काम सुरु गर्न बाँकी छ । चीनसँगको अन्तर्राष्ट्रिय राजमार्गलाई भारतसँग जोड्न सबैभन्दा छोटो दुरीको त्रिदेशीय राजमार्गको रुपमा कार्यान्वयनमा ल्याइएको सडकको तीनखण्डअन्तर्गत दुई खण्डको काम अनिश्चित भएसँगै  समग्र योजनाको काम अन्योल बनेको स्थानीय बताउँछन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij