भक्तपुर । चाँगुनारायण नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को पहिलो १० महिनामा २१ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । निर्वाचित जनप्रतिनिधिको पदबहालीको दुईवर्षे कार्यकालको समीक्षा गर्दै चाँगुनारायण नगरपालिकाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नगरपािलकाका उप्रमुख रमेश बुढाथोकीले सो जानकारी दिएका हुन् ।
बुढाथोकीका अनुुसार, दोस्रो नगरसभाबाट स्वीकृत कूल बजेटमा वैशाखसम्ममा लक्ष्य भन्दा करिव पाँच करोड रुपैयाँ आम्दानी गर्न सफल भएको हो । चालुआर्थिक बर्षको हालसम्म अनुमति वेगर कित्ताकाट गरेका जग्गाको घरवाटो सिफारिस दिँदा ४ करोड रुपैयाँ जरिवाना रुवरुप राजस्व संकलन भएको बताउँदै बुढाथोकीले छ पर्यटन शुल्क बापत करिव ७५ लाख रुपैयाँ संकलन गरेको बताए ।
त्यस्तै, नगरपालिकाको स्वामित्वमा रहेको भवन सटर भाडा लागाएर नगरपालिकाले १५ लाख रुपैयाँ आम्दानी गरेको छ ।नगरपालिकामा डोजर आतङ्क रहेको बताउँदै उपप्रमुख बुढाथोकीले वडा नं. १ देखि ९ सम्मका अधिकाँश डाँडाकाँडामा अन्धाधुन्ध तवरले डोजर चलिरहेको जानकारी दिँए ।
अवैध रुपमा डाँडामा डोजर चलाएर सम्याउँने र जग्गा प्लटिसोही कारण नगरभरि डोजर आतङ्क सिर्जना भएको बताए । उपमेयर बुढाथोकीका अनुसार, चार पाँच रोपनी जग्गा सम्याउने भनेर नगरपालिकाबाट सिफारिस लिने प्लटिङ व्यवसायीहरूले नगरपालिकाको आँखा छलेर तेब्वरबढीसम्म सम्याउँने गरेको समेत फेला पारिएको बताए ।
उनले अवैध रूपमा डोजर चलाएका व्यवसायीबाट जरिवानासहित कर उठाएको, डोजरको साँचो नियन्त्रणमा लिए पनि डोजर चल्न नरोकिनुका पछाडी स्थानीय राजनीतिक दलका नेता तथा जनप्रतिनिधिकै साथ रहेको हुनसक्ने आशंका समेत व्यक्त गरे ।