तीनवटा प्रदेशका केही स्थानमा हिमपातको सम्भावना

तीनवटा प्रदेशका केही स्थानमा हिमपातको सम्भावना

सोमवार, माघ ८ २०८०
सोमवार, माघ ८ २०८०
  • तीनवटा प्रदेशका केही स्थानमा हिमपातको सम्भावना

    काठमाडौं । आज तीनवटा प्रदेशका उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ । कोसी र गण्डकी र कर्णली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । देशको तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो  सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij