भक्तपुर । मध्यपुर ठिमी नगरपालिका-४ नयाँठिमी चोक डेरा गरी बस्ने ३० वर्षीया कमला त्रिपाठीको कोठाको ढोकाको ताला फोडेर सुनका विभिन्न गहना गरी करिब ३ लाख ५७ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।