काठमाडौं । हिसान भक्तपुरको छैंठो अधिवेशनले अनिल कस्पाललाई पुनस् अध्यक्ष चुनेको छ । अधिवेशनबाट सवै कार्यसमितिसमेत सर्वसम्मतीले चयन भएका छन् । अधिवेशनले मोडर्न स्कुलरकलेजका अनिल कस्पालको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा एस.एस.कलेजकी नीरू ढकाल, सचिवमा इरूडाइट एकेडेमीका दिनेश पाण्डेय छानिएका छन् । त्यसैगरी कोषाध्यक्षमा सिवर्ड कलेजका स्याम मानन्धर तथा सदस्यमा भक्तपुर ईङ्गलिस स्कुलका श्रीनारायण यादव, स्वस्तिक कलेजका सुशील खनाल,अक्सफोर्ड स्कुलका रवि ढुवाल चुनिएका छन् ।