काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने निर्दोस ठहर भएका छन् । उच्च अदालत पाटनले बलात्कार मुद्दामा लामिछानेलाई सफाइ दिएको हो । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उच्च अदालतले लामिछानेलाई निर्दोष ठहर गरेको हो ।
गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । सो फैसला बिरुद्ध लामिछानेले उच्चमा पुनरावेदन गरेका थिए । हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपश्चात उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको उच्च अदालत स्रोतले जनाएको छ ।
उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् । जिल्ला अदालतले दोषी ठहर्याएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बन गरेको थियो । उच्चको फैसलासंगै क्यानले निलम्बन तत्काल फुकुवा गरेर टी–२० विश्वकपमा खेलाउने बाटो खुलेको छ ।