काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी ट्वान्टी-२० अलराउन्डर वरीयताको शीर्ष १० मा परेका छन् । आइसीसीले बुधबार जारी गरेको नयाँ वरीयताअनुसार दीपेन्द्र अलराउन्डर वरीयताको १०औँ स्थानमा परेका हुन् । यसअघि ऐरी ११ औं स्थानमा रहेका थिए ।
टी–२० अलराउण्डरतर्फ श्रीलंकाका वानिन्दु हसरंगा शीर्षस्थानमा छन् । दोस्रो स्थानमा अफगानिस्तानका मोहम्मद नाकि र तेस्रो स्थानमा जिम्बावेका सिकन्दर राजा छन् । भारतका हार्दिक पाण्डेया सातौं स्थानमा यथावत् छन् ।
टी(२० को अलराउण्डरतर्फ कुशल मल्ल ३२ औं र गुलशन झा ६० औं स्थानमा यथावत छन् । रोहित पौडेल एक स्थान घट्दै ६५ औं स्थानमा र करण केसीले एक स्थान सुधार गर्दै ७४ औं छन् ।
टी–२० को बलिङको वरीयतातामा सोमपाल कामी ९२ औं स्थानमा यथावत छन् । ब्याटिङतर्फ टी–२० मा दीपेन्द्र ५० औं स्थानमा यथावत छन् ।
रोहित पौडेल ३ स्थान तल झर्दै ६१ औं स्थानमा पुगेका छन् । आसिफ शेख एक स्थान तल झर्दै ८७ औं स्थानमा छन् । नेपाल टी(२० आई वरीयताको १७ औं स्थानमा छ ।