धरानमा सूर्तीजन्य पदार्थ बिक्रीमा रोक, बिक्री गर्नेलाई कानुनी कारबाही

धरानमा सूर्तीजन्य पदार्थ बिक्रीमा रोक, बिक्री गर्नेलाई कानुनी कारबाही

शुक्रवार, माघ ५ २०८०
शुक्रवार, माघ ५ २०८०
  • धरानमा सूर्तीजन्य पदार्थ बिक्रीमा रोक, बिक्री गर्नेलाई कानुनी कारबाही

    काठमाडौं । धरान उपमहानगरपालिकाले सूर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाएको छ । शुक्रबार धरान उपमहानगरले एक सूचना जारी गर्दै नगर क्षेत्रभित्र सूर्तीजन्य पर्दा बिक्री–वितरण र भण्डारमा रोक लगाएको हो । 

    २९ पुसमा बसेको नगर कार्यपालिकाको बैठकले सार्वजनिक सूर्तीजन्य वस्तु विक्री तथा प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो । त्यसअनुसार नगर प्रमुख हर्क सम्पाङले शुक्रबार सार्वजनिक सूचना निकालेर १५ दिनपछि सूर्तीजन्य वस्तु विक्री वितरण र प्रयोगमा प्रतिबन्ध लागू हुने जानकारी गराएका छन् ।

    सार्वजनिक स्थानमा चुरोट, बिँडी, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुटखा, पान पराग वा यस्तै सूर्तीजन्य वस्तु भण्डार, विक्री र प्रयोग गरे नगर प्रहरीले जफत गर्नुका साथै कानुन बमोजिम कारबाही गर्ने सूचनामा उल्लेख छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij