सनसनी मच्चाउँदै सनराइजर्स, लखनऊ १० विकेटले पराजित

सनसनी मच्चाउँदै सनराइजर्स, लखनऊ १० विकेटले पराजित

बिहिवार, बैशाख २७ २०८१
बिहिवार, बैशाख २७ २०८१
  • सनसनी मच्चाउँदै सनराइजर्स, लखनऊ १० विकेटले पराजित

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले सनसनीपुर्ण जित निकालेको छ ।  लखनऊ सुपर जाइन्ट्सले दिएको १६६ रनको लक्ष्य हैदराबादले १० ओभरभित्रैमा कुनै विकेट नगुमाई पुरा गरेको हो ।

    जितसंगै हैदरावादले १२ खेलबाट १४ अंक जोडेर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । जारी सिजनका यसअघिका खेलमा पनि हैदरावादले उत्कृष्ठ खेल पस्कंदै आइपिएलमा सबै भन्दा बढी रन बनाउँने टिम बनेको छ ।

    गएराति आफ्नै मैदानमा हैदराबादले ९.४ ओभरमै निर्धारित लक्ष्य भेट्टाएको हो । ​हैदरावादका ओपनर ट्राभिस हेड र अभिषेक शर्माले नटआउट सानदार इनिङ्स खेले । हेडले ३० बलमा ८ चौका र ८ छक्कासहित ८९ रन बनाउँदा अभिषेक शर्माले २८ बलमा ८ चौका र ६ छक्का प्रहार गर्दै ७५ रन बनाए ।
    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ४ विकेट गुमाएर १६५ रन बनाएको थियो । लखनउका आयुष बडोनीले ५५, निकोलस पूरनले ४८, केएल राहुलले २९ र क्रुणाल पाण्ड्याले २४ रन बनाए ।

    क्वेन्टन डे कक २ र मार्क्युस स्टोनिस ३ रनमै आउट भए । हैदरावादका भुवनेश्वर कुमारले २ र प्याट कमिन्सले एक विकेट लिए । आइपिएलमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स १६–१६ अंकका साथ पहिलो र दोस्रो स्थानमा छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij