काठमाडौं । पूर्वी नवलपरासीमा भएको ट्र्याक्टर दुर्घटनामा १ को मृत्यु भएको छ । थप २ जना गम्भीर घाइते भएका छन् । जिल्लाको दुर्गम पहाडी बुलिंटारमा बिहिवार सांझ भएको दुर्घटना हुँदा एक जनाको मृत्यु भएको र २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
गैंडाकोटबाट डेढगाउँ जाने कालीगण्डकी सडक खण्ड अन्तर्गतको तरंगा खेला नजिक ट्र्याक्टर पल्टिँदा स्थानीय चन्द्रबहादुर दर्लामी मगरको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा धनबहादुर नेपाली र मिनबहादुर सार्की घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको बताइएको छ ।