काठमाडौं । वेस्ट इन्डिज ‘ए सँगको अन्तिम टी–२० खेलमा अनिल शाहले अर्धशतक प्रहार गरेका छन् । उनले ४४ बलमा ५८ रन बनाएर खेलिरहेका छन् । उनले यस क्रममा ४ चौका र २ छक्का हिर्काएका छन् ।
यसअघि आसिफ शेखले पनि अर्धशतक बनाएर आउट भएका थिए । अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको हो ।