राष्ट्रिय परिचयपत्रको अनलाइन फारम निशुल्क भरिने

राष्ट्रिय परिचयपत्रको अनलाइन फारम निशुल्क भरिने

बिहिवार, माघ ४ २०८०
बिहिवार, माघ ४ २०८०
  • राष्ट्रिय परिचयपत्रको अनलाइन फारम निशुल्क भरिने

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय म्याग्दीले राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भर्ने व्यवस्थालाई सहज बनाएको छ । सेवाग्राहीले राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भर्न झन्झटिलो भएको र बाहिर बजारमा फाराम भर्दा शुल्क तिर्नुपरेको जस्ता गुनासो आएपछि प्रशासनले निःशुल्क रुपमा अनलाइन फाराम भरिदिने व्यवस्था मिलाएको हो । 

    बिहीबारदेखि सुरु गरिएको सेवामार्फत् अनलाइन फाराम भर्ने पहिलो सेवाग्राही बेनी नगरपालिका ३ गौश्वराकी सपना केसीलाई प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले खादा लगाएर स्वागत गरेका थिए । कार्यालयबाट नै सेवा सुरु भएपछि अबदेखि सेवाग्राहीले बाहिर शुल्क तिरेर अनलाइन फाराम भर्नुपर्ने बाध्यता हटेको उनले बताए । 

    उनले भने, ‘प्रशासनबाट नै राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम भर्ने व्यवस्था मिलाएका छौं । यसअघि आफैं वा पसलमा शुल्क तिरेर फाराम भर्नुपर्ने बाध्यतालाई हटाइदिएका छौं ।’ राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम कार्यालय परिसरभित्रै निःशुल्क भर्नका लागि कर्मचारीलाई जिम्मेवारी दिइएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । 

    उनले भने, ‘सेवाग्राहीले आफ्नो प्रमाण लिएर कार्यालयमा पुगेमा सम्बन्धित फाँटबाटै निःशुल्क फाराम भर्ने व्यवस्था मिलाइएको छ । जसबाट सेवाग्राहीले अनलाइन फारम भर्न बाहिर बजारमा जानुपर्दैन ।’ जिल्ला प्रशासन कार्यालयभित्रै अनलाइन फाराम भर्ने व्यवस्था गरेकोमा पहिलो सेवाग्राही केसीले खुसी व्यक्त गरे ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij