काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले २१० रनको विशाल लक्ष्य पाएको छ । वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाउँदै नेपाललाई २१० रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको वेस्ट इन्डिजका खेलाडीहरु चाल्र्स र फ्लेचरले अर्धशतक पुरा गरे । चाल्र्सले ३० बलमा ५८ रन र फ्लेचरले ५४ बलमा ८४ रन बनाएका छन् ।
नेपालका तर्फबाट कुशल भुर्तेलले २ र प्रतिश जिसीले १ विकेट लिए । ।