नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको चौथो टी–२० क्रिकेट आज

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको चौथो टी–२० क्रिकेट आज

बिहिवार, बैशाख २० २०८१
बिहिवार, बैशाख २० २०८१
  • नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको चौथो टी–२० क्रिकेट आज

    काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको चौथो टी–२० क्रिकेट आज हुँदैछ । यो खेल दिउँसो सवा १२ बजे कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ । पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा वेस्ट इन्डिज ‘ए’ ले २–१ ले अग्रता लिएको छ ।

    वेस्ट इन्डिज ‘ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल हिजो ७६ रनले पराजित भएको छ । यसअघि नेपालले पहिलो खेल ४ विकेटले जितेको थियो भने दोस्रो खेलमा १० रनले पराजित भएको थियो ।

    शृङ्खलाको पाँचौँ तथा अन्तिम खेल पर्सि शनिवार हुनेछ । नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेलिरहेको हो । वेस्ट इन्डिज ‘ए’ टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij