टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

बुधवार, बैशाख १९ २०८१
बुधवार, बैशाख १९ २०८१
  • टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

    काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकप खेल्ने १५ टोली घोषणा गरेको छ । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा टी-२० विश्वकप क्रिकेटका लागि नेपालले रोहित पाैडेलको नेतृत्वमा टोली घोषणा गरेको हो ।

    टी-२० विश्वकपकमा नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । नेपालले पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालले १२ जुनमा श्रीलंकासँग खेल्नेछ ।

    १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा नेपालले बंगलादेशसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके नेपालले सुपर ८ मा स्थान बनाउनेछ ।

    नेपालको टोली :

    आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, ललित राजवंशी, सागर ढकाल र कमलसिंह ऐरी र अनिलकुमार शाह ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij