काठमाडौं । वेस्ट इन्डिजविरुद्ध नेपालले विशाल लक्ष्य पाएको छ । वेस्ट इन्डिज ए टुर अफ नेपाल सिरिज अन्तर्गतको आज भएको तेस्रो खेलमा वेस्ट इन्डिजले २२७ रन बनाएर नेपाललाई जितका लागि २२८ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट बनाउँदै २२७ रनको योग बनायो । खेलाडी चाल्र्सले शतक पुरा गरे । उनले ६१ बलमा ११९ रन बनाए । अर्का खेलाडी फ्लेचरले अर्धशतक पुरा गरे । उनले ३३ बलमा ५३ रन पुरा गरे ।
नेपालका लागि करण केसी, सागर ढकाल र कमल सिंह ऐरीले १-१ विकेट लिए ।