वेस्टइन्डिजविरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै

वेस्टइन्डिजविरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै

बुधवार, बैशाख १९ २०८१
बुधवार, बैशाख १९ २०८१
  • वेस्टइन्डिजविरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै

    काठमाडौं । नेपालले तेस्रो टी–२० खेलमा वेस्टइन्डिज ए विरुद्ध टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्टइन्डिज ए का कप्तान रोश्टन चेशले टस जितेर ब्याटिङ रोजेका हुन् ।

    आजको खेलमा नेपालको तर्फबाट दीपेन्द्रसिंह ऐरीले कप्तानी गर्नेछन् । यसअघिका खेलका कप्तान रोहितकुमार पौडेलसहित कुशल भर्तेल, सोमपाल कामी र प्रतिश जिसीलाई आज विश्राम दिइएको छ ।

    नेपाली टीम ः दीपेन्द्रसिंह ऐरी (कप्तान), विनोद भण्डारी, अनिलकुमार शाह, कुशल मल्ल, गुलशन झा, कमलसिंह ऐरी, करण केसी, विवेक यादव, सागर ढकाल, लोकेश बम, आरिफ शेख ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij