सेती नदीमा नुहाउन गएका एकजना डुबेर बेपत्ता

सेती नदीमा नुहाउन गएका एकजना डुबेर बेपत्ता

सोमवार, बैशाख १७ २०८१
सोमवार, बैशाख १७ २०८१
  • सेती नदीमा नुहाउन गएका एकजना डुबेर बेपत्ता

    काठमाडौं ।  सेती नदीमा नुहाउने क्रममा एकजना डुबेर बेपत्ता भएका छन् । शिखर नगरपालिका-८ लुवाखडीनजिकै नदीमा धनगढी उपमहानगरपालिका-३ मायामेट्रो अस्पताल पछाडि बस्ने अन्दाजी ४० वर्षीय नरबहादुर तामाङ डुबेको डोटी प्रहरीले बताएको छ ।

    उनी सु.प.प्र. ०१ ००१ ज. १५३४ नम्बरको अल्टो कार लिएर धनगढीबाट अछामतर्फ जाँदै थिए । कार सडक किनारमा रोकी उनी नुहाउन गएको प्रहरी नायव निरीक्षक नारायणसिंह नेगीले जानकारी दिए । उनका अनुसार तामाङ बेपत्ता भएको सूचनामा सोही कारमा सँगै रहेका रेवन्त अधिकारीले दिएका थिए । 

    प्रहरीले उनको खोजी गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij