काठमाडौं । नेपालले १६१ रनको लक्ष्य पाएको छ । वेस्ट इन्डिज टुर अफ नेपाल सिरिज अन्तर्गतको आज भएको दोस्रो खेलमा वेस्ट इन्डिजले नेपाललाई जितका लागि १६१ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रनको योग बनाएको छ ।
नेपालका लागि कुशल भुर्तेल, सागर ढकाल र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए । सोमपाल कामीले खेलमा १ विकेट लिए । हिजो भएको पहिलो खेलमा पहिले फिल्डिङ गरेको नेपाल वेस्ट इन्डिजसँग ४ विकेटले जितेको थियो ।