१५ लाख घुससहित भक्तपुरको गट्ठाघरबाट वडाध्यक्ष पक्राउ

१५ लाख घुससहित भक्तपुरको गट्ठाघरबाट वडाध्यक्ष पक्राउ

बिहिवार, माघ ४ २०८०
बिहिवार, माघ ४ २०८०
  • १५ लाख घुससहित भक्तपुरको गट्ठाघरबाट वडाध्यक्ष पक्राउ

    भक्तपुर। काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष १५ लाख घुससहित पक्राउ परेका छन् । वडाध्यक्ष ४२ वर्षीय नृपेश बादेलाई अख्तियारले बुधबार घुससहित पक्राउ गरेको हो । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंकालबाट खटिएको टोलीले वडाध्यक्ष बादेलाई १५ लाख घुस लिइसकेको अवस्थामा भक्तपुरको गट्ठाघरबाट नियन्त्रणमा लिएको हो । घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रकम लिइसकेपछि उनलाई सो रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । 

     उनीसँग आएको बा ७ च १२९ नम्बरको कार चालक बाह्रबिसे नगरपालिका–७ मिलनटार स्थायी घर भई हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३१ वर्षीय पदमबहादुर प्रधानसमेतलाई गाडीसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij