नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आज

नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आज

आइतवार, बैशाख १६ २०८१
आइतवार, बैशाख १६ २०८१
  • नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आज

    काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आइतबार हुँदैछ । वेस्ट इन्डिसँगको पाँच खेलको टी-२० सिरिज अन्तर्गत आइतबार नेपालले दोस्रो खेल खेल्न लागेको हो ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा चार विकेटको शानदार जित निकालेको नेपाल आइतबार उच्च मनोबलका साथ मैदानमा हुनेछ । यो खेल दिउँसो १ बजे सुरु हुनेछ । 

    कीर्तिपुरमा नेपालले वेस्ट इन्डिजसँग पाँच खेलको सिरिज अन्तर्गत तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ खेल शनिबार खेल्नेछ । यो सिरिजलाई आगामी टी-२० विश्वकपको तयारीको रुपमा हेरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij