टस जितेर वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

टस जितेर वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

शनिवार, बैशाख १५ २०८१
शनिवार, बैशाख १५ २०८१
  • टस जितेर वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

    काठमाडौं । वेस्ट इन्डिजको ‘ए’ विरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिले फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा पाँच खेलको टी २० सिरिज अन्तर्गत पहिलो खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेका हुन् । 

    नेपालले पाहुना टिमलाई ब्याटिङको निम्तो दिएको हो । आइसिसी टि–ट्वान्टी विश्वकप २०२४ को तयारी स्वरुप नेपालले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग खेल्न लागेको हो ।  

    नेपाल र वेस्टइन्डिज ‘ए’बीचको दोस्रो खेल यही वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते, चौथो खेल वैशाख २० गते र पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ । घरेलु मैदानमा पाँच खेल खेलिसकेपछि नेपाली टोली वेस्ट इन्डिज प्रस्थान गर्ने तालिका रहेको क्यानले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij