बाँकेका हरित अभियानकर्मी काफ्लेलाई अन्तरराष्ट्रिय अवार्ड

बाँकेका हरित अभियानकर्मी काफ्लेलाई अन्तरराष्ट्रिय अवार्ड

मंगलवार, माघ २ २०८०
मंगलवार, माघ २ २०८०
  • बाँकेका हरित अभियानकर्मी काफ्लेलाई अन्तरराष्ट्रिय अवार्ड
    बाँके । नेपालगञ्जका हरित अभियानकर्मी हेमन्तराज काफ्ले भारतको हरियाणामा अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । लेक्स फाउन्डेसनको आयोजनामा  भारतको हरियाणामा सोमबार आयोजित दुईदिने अन्तरराष्ट्रिय सम्मेलनमा काफ्ले सम्मानित भएका हुन् ।
     
    हरित अभियानकर्मी हेमन्तलाई बिजेपीका विधानसभा सांसद मोहनलाल बडोलीले सम्मान गरेका थिए । काफ्ले सन् २०२० मा समरस्ता अन्तरराष्ट्रिय अवार्ड भारत, २०२१ मा डब्लुडब्लुएफ कन्जरभेसन अवार्ड, २०२३ मा एभरेष्ट इन्टरनेसनल क्लाइमेट एक्सन अवार्ड र हालै २०२४ मा भारतको हरियाणामा ट्रिमेन अवार्डबाट सम्मानित भएका थिए ।
     
    चालिस वर्षीय काफ्लेले झन्डै डेढ दशकदेखि नेपालगञ्जलाई कर्मथलो बनाएर हरित अभियानका रुपमा निरन्तर लागिरहेका छन् । गिभ मी सिड आई विल गिभ यू ट्रिसु’ भन्ने मूल नाराका साथ अगाडि बढेका काफ्लेको अभियानलाई भारत, जर्मनी, अमेरिका, दक्षिण अफ्रिकाबाट रूखका बीउ प्राप्त हुने गरेको छ ।
     
    विदेशी मुलुकबाट प्राप्त बीउमध्ये विशेषगरी कल्पवृक्षको बीउलाई उमारेर बिरुवा बनाई उनले बाँकेका विभिन्न धार्मिकस्थलमा लगाउने गरेका छन् । हरित अभियानबाट प्रभावित भएर अन्य देशबाट कल्पवृक्षका बीउ उपहारमा प्राप्त हुने गरेको काफ्ले बताउँछन् ।  कल्पवृक्ष अभियानअन्तर्गत काफ्लेले नेपालका धार्मिकस्थल पशुपतिनाथ, सुर्खेतको देउती बज्यै, सल्यानको छत्रेश्वरी, प्यूठानको स्वर्गद्वारी, नेपालगञ्जको हनुमानगढीलगायत भिन्न जिल्लामा कल्पवृक्ष लगएका छन् ।
     
    उनले सुरु गरेको शीतलचिनीको बिरुवा बाँड्ने अभियान संसारभर फैलिँदै गएको छ । हरित अभियानकर्मी काफ्लेले नेपालगञ्जका सरकारी कार्यालय, विद्यालय र सडकको ग्रिनबेल्टमा शीतलचिनीका हजारौँ बिरुवा लगाएर बाँकेलाई हरियाली बनाएका छन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij