हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य, बोहोराले लिए ४ विकेट

हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य, बोहोराले लिए ४ विकेट

सोमवार, बैशाख ३ २०८१
सोमवार, बैशाख ३ २०८१
  • हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य, बोहोराले लिए ४ विकेट

    काठमाडौं । हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । ओमानमा चलिरहेको एसीसी प्रिमियर कप अन्तर्गतको आजको खेलमा हङकङले वर्षाका कारण घटाएर निर्धारण गरिएको १८ ओभरमा सबै विकेट गुमाएर ११४ रन बनाएको हो । 

    टस हारेर पहिले ब्याटिङ गरेको हङकङका लागि अन्सुमन राथले ३४ रन, जिशन अलिले १४, निजाकत खानले १२, इशान खानले ११ रन लिए भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

    नेपालका तर्फबाट अभिनास बोहोराले हङकङको सर्वाधिक ४ विकेट झारेका छन् । ललित नारायण राजवंशी र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij