स्पेनको रेल दुर्घटनामा ६८ जनाको मृत्यु, सैयौं घाईते

स्पेनको रेल दुर्घटनामा ६८ जनाको मृत्यु, सैयौं घाईते

बिहिवार, कार्तिक १२ २०८३
बिहिवार, कार्तिक १२ २०८३
  • स्पेनको रेल दुर्घटनामा ६८ जनाको मृत्यु, सैयौं घाईते

    काठमाडौं । स्पेनमा भएको रेल दुर्घटनामा कम्तीमा ६८ जनाको मृत्यु भएको छ । सैयौं घाइते भएका छन् ।स्पेनको मध्यभागमा बुधबार बिहान तीव्र गतिको रेल दुर्घटनामा परेको हो । 

    राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्रयाकमा रोकिएको अर्को रेलसँग ठोक्किँदा दुर्घटना भएको जनाइएको छ । ठक्करका कारण रेलका धेरै डिब्बा लिकबाट उछिटिएका थिए । स्पेनका यातायात मन्त्रीले कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटिका  कारण दुर्घटना भएको बताएका छन् । 

    सो दुर्घटनालाई युरोपको आधुनिक इतिहासकै गम्भीर रेल दुर्घटनामध्ये एक तथा १३ वर्षयताकै स्पेनको सबैभन्दा घातक रेल दुर्घटनाका रूपमा लिइएको छ । उद्धार गरिएका यात्रुहरूले ठक्करका क्रममा मानिसहरू हावामा उछिट्टिएको, भग्नावशेषमा फसेको र बाहिर निस्कन झ्याल फुटाउनुपरेको बताएका छन् ।

    मड्रिडबाट करिब १४० किलोमिटर दक्षिणमा मोरा र ओर्गाज नगरपालिकाबीचको क्षेत्रमा स्थानीय समयअनुसार बिहान ९ बजेपछि दुर्घटना भएको बीबीसीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij