काठमाडौं । कतारविरुद्ध नेपालले शानदार जित हाँसिल गरेको छ । एसीसी प्रिमियर कप अन्तर्गतको आजको खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो । जितका लागि २११ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन मात्र जोड्न सफल भयो ।
नेपालका तर्फबाट ललित राजवंशी, दिपेन्द्र सिंह ऐरी र गुल्सन झाले कतारको २–२ विकेट दिए । त्यस्तै, कुशल मल्ल र अभिनास वोहोराले पनि खेलमा १–१ विकेट लिए ।