चार प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

चार प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

शनिवार, कार्तिक ८ २०८३
शनिवार, कार्तिक ८ २०८३
  • चार प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहँदा आज चार प्रदेशका हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराईका केही स्थानमा बिहान हुस्सु लाग्नेछ ।

    आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी हिमाली तथा पहाडी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ ।

    यस्तै, भोलि पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । भोलि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij